बारा–१ प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार उमाकान्त चौधरी विजयी

बारा, २४ मंसिर । बारा क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरी विजयी भएका छन् चौधरीले २४ हजार ४५० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अच्युत मैनालीले २२ हजार ३० मत प्राप्त गरे । सो क्षेत्रमा राजपाका रामकिशोर यादवले २० हजार १४४ मत प्राप्त गरे बारा–१ प्रदेश ‘ख’ मा राजपाका यादव, बारा–४ प्रदेश ‘ख’ मा सोनारबारा क्षेत्र नं १ प्रदेश ‘ख’ मा राजपा–फोरम गठबन्धनका सरोज यादव विजयी भएका छन् राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष यादव १४ हजार २६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भागवतप्रसाद साहले आठ हजार १२६ मत प्राप्त गरेको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गोविन्दप्रसाद उपाध्यायले जानकारी दिए क्षेत्र नं ४ प्रदेश ‘ख’ मा राजपाका महामन्त्री जितेन्द्र सोनार १३ हजार ११८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश कुशवाहले पाँच हजार ८९७ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?