विवादपछि सुनसरी क्षेत्र नं. ३ मा मतगणना स्थागित, छलफल जारी

इनरुवा, २५ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ । मतगणना जारी रहेका बेला ९ वटा अर्धकट्टीसहितको मतपत्र फेला परेपछि विवाद भएको हो सो क्षेत्रमा उपप्रधानमन्त्री समेत रहेको नेपाली काँग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी प्रतिस्पर्धामा रहेका छन् । हालसम्म गणना भएकोमध्ये चौधरीले २९ हजार ३ सय २६ मत ल्याएकी छन् भने गच्छदारले २९ हजार १ सय ७१ मत प्राप्त गरेका छन् निकै चासो पूर्वक हेरिएको सो क्षेत्रमा गच्छदार चौधरीभन्दा १ सय ५५ मतले पछि रहेका छन् । काँग्रेसको पक्षमा अर्धकट्टी समेत रहेको मत भेटिएको भन्दै चौधरीले पुनः मतदानको माग राखेकी छन् मतगणनाका क्रममा उत्पन्न विवाद समाधानका लागि अहिले नेपाली काँग्रेस र वाम गठबन्धनका नेताहरुको आन्तरिक बैठक बसरिहेको छ । जिल्ला निर्वाचन कार्यालयले केही प्राविधिक समस्या देखिएको र मतगणना केही समयमा सुचारु हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?