चुनाव जितेपछि प्रचण्डले प्रधानमन्त्री देउवाई यसकारण दिए धन्यवाद

चितवन, २५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिकुलताका बाबजुद पनि चुनाव सम्पन्न गरेकोमा धन्यवाद दिएका छन् माओवादी अध्यक्ष प्रचण्डले पराजय हुने थाहा हुँदा हुँदै चुनाव गर्ने बाचा पूरा गरेको भन्दै देउवालाई धन्यवाद दिएका हुन् । निर्वाचनअघि गत असोजमा नेपाली काँग्रेससँग संयुक्त सरकारमा रहेको माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्म जाने निर्णय गरेको थियो चितवन क्षेत्र नम्बर तीनबाट अत्याधिक मतका साथ विजयी भएपछि उनले निर्वाचनमा मत हाल्ने मतदातालाई पनि धन्यवाद दिए । उनले नेपाली जनताले स्थायित्वका लागि मत दिएको उल्लेख गर्दै अब इमान्दारिताका साथ बाचा पूरा गर्न लागिने बताएका हुन् अध्यक्ष प्रचण्डले सरकार गठन र पार्टी एकताको प्रक्रिया सँगसँगै अघि बढ्ने समेत स्पष्ट पारेका छन् । सरकार गठनका बेला भागबण्डामा समस्या नपर्ने बताउँदै उनले आफूहरुको मुख्य एजेण्डा भागबण्डा नभएर स्थायित्व भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?