काभ्रे–१ प्रदेश ‘ख’ र काभ्रे–२ प्रदेश ‘क’ मा एमाले विजयी

बनेपा, २५ मंसिर । काभ्रेपलाञ्चोकको क्षेत्र नं १ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का चन्द्र लामा विजयी भएका छन् उनले लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसका गणेश लामालाई चार हजार १७७ मतान्तरले पराजित भएका हुन् । एमालेका लामाले २४ हजार ४७७ मत प्राप्त गर्नुभयो भने काँग्रेसका लामाले २० हजार २७० मत प्राप्त गरेका छन् क्षेत्र नं २ प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका लक्ष्मण लम्साल विजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ मतान्तरले पराजित गरेका हुन् । लम्सालले २७ हजार ६२१ मत प्राप्त गर्नुभयो भने काँग्रेसका आचार्यले १६ हजार ५८९ मत प्राप्त गरे यसअघि क्षेत्र नं १ प्रदेश ‘क’ मा माओवादी केन्द्रका रत्नप्रसाद ढकाल २५ हजार १०६ मत प्राप्त गरी विजयी भएका थिए काभ्रे– १ मा वाम गठबन्धनकाभ्रेपलाञ्चोकको क्षेत्र नं १ तथा प्रदेशसभामा वाम गठबन्धन विजयी भएका छन् क्षेत्र नं १ मा वाम गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का गंगाबहादुर तामाङ (दोङ) विजयी भएका हुन् । उनले लोकतान्त्रिक गठबन्धनका तीर्थ लामालाई चार हजार २६ मतले पराजित गरे । तामाङले ४३ हजार ६३१ मत तथा काँग्रेसका लामाले ३९ हजार ६०५ मत प्राप्त गरेका थिए क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रत्नप्रसाद ढकालले २५ हजार १०६ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गंगाबहादुर तामाङले १७ हजार ८५५ मत प्राप्त गरे क्षेत्र नं १ प्रदेश ‘ख’ मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले) का चन्द्र लामा विजयी भएका छन् । लामाले २४ हजार ४७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गणेश लामाले २० हजार २७० मत प्राप्त गरे । क्षेत्र नं १ मा कूल एक लाख ३३ हजार ५१४ मतदाता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?