पाँचौँ  राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१८ को आवेदन खुल्ला

काठमाडौँ, २५ मंसिर । पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१८ को आवेदन खुल्ला भएको छ नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार ओलम्पियाड एक राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिता हो । ओलम्पियाडमा २०७५ असार ६ गतेसम्म (जुन २०, २०१८) २० वर्षभन्दा कम उमेर हुने १०ं२ मा अध्ययनरत वा शैक्षिक सत्र २०१८ मा विश्वविद्यालय कार्यक्रममा भर्ना हुने विद्यार्थीले आफ्नो आवेदन दर्ता गर्न सक्नेछन् विद्यार्थीको सुविधाका लागि सोसाइटीको वेबसाइट www.nepalastronomicalsociety.org/olympiad मा गई आवेदन फाराम तथा प्रतियोगितासम्बन्धी जानकारी पुस्तिका डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीले विसं २०७४ माघ २६ सम्म आफ्नो आवेदन दर्ता गर्न सक्नेछन् । प्रतियोगिताको पहिलो चरणको परीक्षा फागुन ५ मा प्रमुख शहर विराटनगर, चितवन, काठमाडौँ, पोखरा तथा बुटवलमा सञ्चालन गरिने सासाइटीले जनाएको छ आवेदनका लागि माध्यमिक शिक्षा परीक्षा (एसइई) वा सोसरहको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, आवेदन दस्तुर तिरेको प्रमाण, आवेदकले आफ्नो पायक पर्ने क्षेत्रमा रहेको आवेदन केन्द्रमार्फत आवेदन दर्ता गर्न सक्नेछन् । प्रतियोगिताको केन्द्र, पाठ्यक्रम, चरणसम्बन्धी विवरण सोसाइटीको वेबसाइटमा उपलब्ध छ प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सिफारिस गरिने छ । सन् २०१४ देखि सञ्चालन गरिएको यस प्रतियोगिताबाट ८०० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परीक्षण गरिसकेका छन् । कार्यक्रममा उत्कृष्ट ठहरिएका विद्यार्थी देश विदेशका उत्कृष्ट विश्वविद्यालयमा अध्ययनरत छन् प्रतियोगितामा खगोल र भौतिक विज्ञान एवं गणितसम्बन्धी प्रश्न सोधिने अध्यक्ष भट्टराईले बताउनुभयो । छानिएका विद्यार्थी छ महिनापछि हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?