सप्तरी १ प्रदेशसभा ‘ख’मा राजपाका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह विजयी

राजविराज, २५ मंसिर । सप्तरी प्रदेशसभा १ को ‘ख’मा राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह (रामबाबु) भारी मतले विजयी भएका छन् राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा रहेको जिल्ला मुख्य निर्वाचन कार्यालयले आज सार्वजनिक गरेको मतपरिणामअनुसार राजपाका साहले १३ हजार ६ सय ४६ मत प्राप्त गरी विजयी भएका हुन् उनको निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री महत्मान यादवले ६ हजार ३ सय ३३ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?