३१ श्रावण २०७९, मंगलवार

चलचित्र टिनएजको अडियो जुकबक्स सार्वजनिक, फिल्म असोज २७मा रिलिज हुने

२०७४,भाद्र,२३,शुक्रवार ०६:२०

0
Shares

काठमाण्डौं, २३ भदौ ।चलचित्र ‘टिनएज’ को अडियो जुकबक्स रिलिज गरिएको छ । चलचित्रको डिजिटल राइट्स लिएको ओएसआर युट्युव च्यानलले अडियो जुकबक्स सार्वजनिक गरेको हो । ।स्याड र रोमान्टिक भर्सनका गरि ५ वटा गीत चलचित्रमा समावेश गरिएको छ । चलचित्रले टिएनजर्सको कथालाई मुख्य रुपमा उठान गरिएको निर्देशक दिनेश पाख्रिनले बताए । नृत्य निर्देशनमा क्रियाशिल दिनेश पाख्रीनले यो चलचित्रबाट निर्देशनमा समेत हात हालेका छन । फिल्ममा अधिकांस नयाँ कलाकारको बाहुल्यता रहेको छ ।चलचित्रको गीतमा चर्चित गायक राजेश पायल राई देखि दर्शना महर्जनको स्वर सुन्न सकिन्छ । बसन्त सापकोटा र विकास चौधरीले संगीत गरेको गीतको भिडियो क्रमश रिलिज गरिने निर्माण युनिटले जनाएको छ ।प्रतिक्षा खड्का, नरेशविर सिंह लगायतका कलाकार फिल्मको शीर्ष भूमिकामा छन । चलचित्र आगामी असोज २७ गते रिलिज हुँदैछ ।

प्रकाशित मिति: २०७४,भाद्र,२३,शुक्रवार ०६:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् । उनले सन् १९९१ मा रिलिज भएको

मुम्बई । आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’लाई लिएर भारतमा विरोध भइरहेको छ । हाल प्रदर्शनरत फिल्मले विरोधकै कारण भारतमा

काठमाडौं । अगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्ने

भारतले आज स्वतन्त्रताको उत्सव अर्थात् आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै छौँ । ‘घर घर तिरंगा’ अभियान भारतभर चलिरहेको छ

ताजा समाचार

स्वदेश फर्किँदै नवाज सरिफ
 २०७९,श्रावण,३१,मंगलवार १३:२९
सडक अतिक्रमणविरुद्ध सचेतना अभियान सुरु
 २०७९,श्रावण,३१,मंगलवार १२:५७