नेता भण्डारीले भने–मधेश आन्दोलनपछि पुनः जिताएर आफूलाई मधेशी जनताले अनुमोदन गरे

गौशाला, २५ मंसिर । महोत्तरी जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य नेता शरतसिंह भण्डारीले आफ्नो काँधमा मधेशी जनताको गम्भीर दायित्व र चुनौती थपिएको बताएका छन् जितपश्चात् आज जिल्ला सदरमुकाम जलेश्वरस्थित क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत मीना गुरुङको हातबाट प्रमाणपत्र लिएर नेता भण्डारी पत्रकार सम्मेलन गर्दै आजदेखि मधेशी जनताको गम्भीर दायित्व र चुनौती आफ्नो काँधमा थपिएको बताएका हुन् नेता भण्डारीले मधेश र मधेशी जनताले आफूलाई पहिलो संविधानसभा निर्वाचनमा जिताएर र आज मधेश आन्दोलनपछि पुनः जिताएर आफूलाई अनुमोदन गरेको जिकिर गरे । उनले आफू अब मधेश र मधेशी जनताको हक, अधिकार प्राप्ति र तिनका हितका लागि सधैँ तयार र तत्पर रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?