सरकारद्वारा चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त

काठमाडौं, २५ मंसिर । चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छन् सोमबारको मन्त्रिपरिषदको बैठकले गोपिकृष्ण मुभिज तथा गोपिकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष समेत रहेकी पौडेललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा चलचित्र विकास बोर्ड तथा गोरखापत्र संस्थानको महाप्रबन्धक नियुक्त गरिएको हो निकिता पौडेल राप्रपा नेता उद्धव पौडेलकी छोरी हुन् । करिब ५ महिनाअघि राजकुमार राईको कार्यकाल सकिएपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन भएको थियो गत भदौमा सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन मागेको सरकारले निकिता योग्य देखिएको भन्दै अध्यक्षमा नियुक्त गरेको हो । सरकारले कम्तिमा स्नातक उत्तीर्ण गरेको र चलचित्र क्षेत्रको प्रवद्र्धनमा १० वर्ष काम गरेको योग्यता भएकाले आवेदन दिन पाउने गरी आवेदन खोलेको थियो यसैगरी गोरखापत्र संस्थानको महाप्रबन्धकमा संस्थानकै कर्मचारी बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरिएको छ सोमबारको मन्त्रिपरिषदको बैठकमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पनि कामिनी राजभण्डारीलाई हटाएर अनिल झालाई नियुक्ति गर्न प्रस्ताव गरिएपछि सो प्रस्तावबारे निर्णय हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?