चितवन ३ बाट प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित

चितवन, २५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् उनले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मतले हराउँदै विजयी भएका हुन् एमाले र माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका प्रचण्डले ४८ हजार २ सय ६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९ सय ४२ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?