काभ्रे–२ मा वाम गठबन्धनबाट एमालेका गोकुल बास्कोटा निर्वाचित

काभ्रे, २५ मंसिर । काभ्रे क्षेत्र नम्बर २ बाट वाम गठबन्धनका तर्फबाट एमालेका गोकुल बास्कोटा विजयी भएका छन् बास्कोटाले ५४ हजार ४ सय २७ मतसहित जित हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले ३६ हजार ५ सय ८९ मत पाए प्रदेशसभा तर्फ ‘क’ र ‘ख’ दुबै सिटमा एमाले उम्मेदवारहरु विजयी भएका छन् । प्रदेशसभा ‘क’ मा एमालेका लक्ष्मण लम्साल २७ हजार ६ सय २१ मतसहित विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुन्दरमणि आचार्यले १६ हजार ५ सय ८९ मत पाए यसैगरी प्रदेशसभा ‘ख’मा पनि एमालेका बसुन्धरा हुमागाइँ २८ हजार ६ सय ७७ मतसहित विजयी भइन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कन्चन चन्द्र वादेले २१ हजार ७ सय ८० मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?