उदयपुरबाट कांग्रेस उम्मेदवार डा. नारायण खड्काको हाट्रिक

उदयपुर, २५ मंसिर । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार डा. नारायण खड्काले ३३ हजार १ सय ४२ मत प्राप्त गरी विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ काँग्रेसका डा. खड्काले मञ्जुकुमारीलाई ५४८ मतको अन्तरमा पराजित गरेका हुन् खड्काले २०६४ सालदेखि हालसम्म निरन्तर तीन पटक उदयपुरको क्षेत्र नं १ बाट विजय हासिल गर्दै यो पटक हाट्रिक नै गरे अहिलेसम्मको मत परिणाम हेर्दा क्षेत्र नं २ मा वाम गठबन्धनको कब्जामा गएको छ भने क्षेत्र नं १ मा प्रदेशसभा (ख) २ र प्रतिनिधिसभामा काँग्रेसले विजय हासिल गरेको छ भने क्षेत्र नं १ कै (क) १ प्रदेशसभामा वाम गठबन्धनको विजय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?