पर्यटन व्यवसायीलाई फोटोग्राफी र भिडियोग्राफी सम्बन्धमा तीन दिने तालीम

पोखरा, २५ मंसिर । नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयले पर्यटन व्यवसायीलाई फोटोग्राफी र भिडियोग्राफी सम्बन्धमा तीन दिने तालीम दिएको छ गत शुक्रबारदेखि सञ्चालित तालीममा पोखरा र आसपासका क्षेत्रमा घरबास कार्यक्रम सञ्चालन गर्ने व्यवसायी, होटल व्यवसायी तथा पदयात्रा पर्यटन सञ्चालन गर्दै आएका गरी ३५ जनाको सहभागिता रहेको नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए प्रत्येक पर्यटक आफैँमा पर्यटनको सम्वाहक भएको बताउँदै उनले पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीका लागि फोटोग्राफी एवं भिडियोग्राफी तालीम आवश्यक रहेको महसुस गरी तालीम प्रदान गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?