पश्चिम नवलपरासी–२ बाट काँग्रेसका कँडेल विजयी

नवलपरासी, २५ मंसिर । पश्चिम नवलपरासी क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका देवेन्द्रराज कँडेल निर्वाचित भएका छन् उनले माओवादी केन्द्रका घनश्याम यादव अहिरलाई पराजित गर्दै प्रतिनिधिसभामा विजयी भएका हुनु । कँडेलले ३४ हजार १ सय ३० मत ल्याए भने अहिरले २३ हजार ८ सय ९८ मत पाएका छन् प्रदेशसभातर्फ एमाले र नेपाली कांग्रेसले एक–एक सिट जितेका छन् । प्रदेशसभा ‘क’ मा एमालेका बैजनाथ चौधरी २० हजार ९ सय ७ मतसहित विजयी भए भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणनिधी तिवारीले १७ हजार १ सय १६ मत पाए प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका वैजनाथ कलवार १४ हजार ५ सय १५ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी राजपाका नगेन्द्र अग्रहरीले १० हजार ४ सय ३६ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?