२०७४, २५ मङ्सिर सोमवार ०५:०४

वाम गठबन्धनका उम्मेदवार श्रेष्ठलाई पराजित गर्दै सुनसरी ४ मा अर्थमन्त्री कार्की विजयी


प्रकाशित मिति : २०७४, २५ मङ्सिर सोमवार ०५:०४

इनरुवा, २५ मंसिर । प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका रमेश श्रेष्ठलाई ६ हजार ५ सय ९७ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । अर्थमन्त्रीसमेत रहेका कार्कीले ३२ हजार ३ सय ४७ मत पाएका हुन् । श्रेष्ठले २५ हजार ७ सय ५० मत पाए सुनसरी क्षेत्र नं १ मा एमालेका राई विजयीत्यसैगरी प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार जयकुमार राई विजयी भएका छन् आइतबार राति १० बजे सार्वजनिक भएको मतपरिणामअनुसार उनले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेदवार भएका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई २२ हजार ४०५ मतले पराजित गर्दै विजयी भएका हुन् । एमालेका उम्मेदवार जयकुमारले ४४ हजार ५ सय २८ मत पाएका थिए । अशोक राईले २२ हजार १ सय २३ मत पाए सुनसरी २ (क)मा वामका लिम्बू विजयीसुनसरी क्षेत्र २ (क) मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उमेदवार सर्वध्वज सावाँ लिम्बू विजयी भएका छन् आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले २४ हजार ६ सय ७४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमकर्ण पौडेलले १९ हजार २४५ मत प्राप्त गरे सुनसरी १ (ख) मा वामका आचार्य विजयी सुनसरी प्रदेशसभा क्षेत्र १ (ख) मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार भीम आचार्य विजयी भएका छन् आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले २० हजार २११ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बुद्धि कटुवालले १२ हजार ९६४ मत प्राप्त गरे सुनसरी ३ (क)मा वामका बस्नेत विजयीयसैगरी सुनसरी क्षेत्र ३ (क) मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उमेदवार लिलम बस्नेत विजयी भएका छन् उनले १९ हजार ६६५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुमारजंग थापाले १७ हजार ६८१ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस