विधिको शासन मानिन्छ, अन्याय सहिन्न : प्रदिप पाैडेल

५ मतले हारेपछि यस्तो आयो प्रदीप यस्तो प्रतिक्रियाकाठमाडौं –तनुहँ क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा क का उम्मेदवार प्रदीप पौडेलले धाँदली कुनै पनि हालतमा स्वीकार्न नसकन्ने बताएका छ् । उनी माओवादीकी आशा कोइरालासाग ५ मतले पराजित भएका छन् भने आफूलाई धाँधली गरेर हराइएको दाबी गर्दै आएका छन् उनले आफू लोकन्त्रान्त्रिक पद्धतिका लागि संघर्ष गरेको व्यक्ति भएको भन्दै अन्यायपूर्ण, धाँधली र फर्जी मतलाई स्वीकार्न नसक्ने फेसबुकमा आफ्नै धारणा सार्वजनिक गर्दै उनले भनेका छन् उनले फेसबुकमा यस्तो लेखेका छनःम अनवरत लोकतन्त्रका लागि सर्घष गरेको ब्यक्ति हुँ । पहिलो भोट ल्याउने प्रतिनिधि बन्ने लोक्तान्त्रिक पद्दतिको लागि सर्घष गरेको पार्टीको कार्यकर्ताको नाताले स्वाभाबिक परिणामलाई सहर्ष स्वीकार गरिन्छ तर अन्यायपुर्ण, धाँधली र फर्जी मतलाइ स्वीकार गर्न सकिन्न । जनमत बिपरितको परिणामलाई जबरजस्ती स्वीकार गर भन्नू अलोकतान्त्रिक मान्यता होतनहुँ क्षेत्र नं २ अन्तर्गत १ नं प्रदेशको मतगणनाको अन्तिम ५ मतपेटिकाहरु (अमरज्योति आबि ग्यारसिंघ ३७६,ब्यास ५ जनजुक्त शाही मा बि (क) केन्द्रमा ५४२ , म्याग्दे गा पा जनजौकुमारी शाही आ बि (क) वार्ड नं ७ को ४८७, ब्यास ५ उदय मा।बि ठुलोटार (ख) ३९६ , म्याग्दे गा।पा वार्ड नं ४ स्थित मीन मा बि (ख) मा ५२७) भएका मतपत्रहरुको जम्मा संख्या २३२८ भएको मतदान केन्द्रको मुचुल्का र मतगणनाको सुरुवातको मुचुल्कामा प्रष्ट छ तर मतगणना हुँदै गर्दा ति ५ बाकसहरुको मतसंख्या २३७० देखियो । ४२ फर्जी मत थप गरि ३७ मतले जितेको उमेदवारलाई ५ मतले पराजित भनेर घोषणा गर्नु लोकतान्त्रिक मुल्य मान्यता माथिको चरम आक्रमण हो।  प्रष्ट ४२ फर्जी मत देखिँदा पनि त्यसलाई बेवास्ता गरि जबर्ज्स्ति निर्वाचन परिणाम भनी घोषणा गर्नु अत्यन्त निरकृष्ट र अन्यायपुर्ण छ । ‘अन्याय सहनुहुन्न’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पार्टीका ‘नेता–कार्यकर्ता’, शुभेच्छुक सबैसगँ परामर्श गरि अगाडि बढ्ने जानकारी गराँउदछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?