चितवन क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे विजयी

चितवन, २५ मंसिर । जिल्लामा जारी मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा (एमाले)का सुरेन्द्र पाण्डे विजयी भएका छन् पाण्डेले ५१ हजार ८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले ३५ हजार ३ सय ६० मत प्राप्त गरेका छन् । पाण्डेले १५ हजार ७२० मतान्तरले बुर्लाकोटीलाई पराजित गरे हुन् । सो क्षेत्रमा ८९ हजार ७ सय ४६ मत खसेको थियो यस्तै, चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभामा दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । चितवन क्षेत्र न ३ प्रदेशसभा (१) मा एमालेका तर्फबाट उम्मेदवार रहेका कृष्ण भूर्तेल दुई हजार ४६ मत अन्तरले विजयी भएका छन् । उनले २३ हजार ४ सय ११ मत प्राप्त गर्दा उनका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश कोइराला २१ हजार ३६५ मत प्राप्त गरेका थिए यस्तै, प्रदेशसभा (२) मा माओवादी केन्द्रका रामलाल महतो विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई नौ हजार ११६ मतले पराजित गरेका छन् । महतोले २५ हजार ६१ मत प्राप्त गरे भने नेपाली काँग्रेसका उम्मेदवार साजककुमार महतोले १५ हजार ९४ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?