प्रतिनिधि र प्रदेशसभा बैठकको तयारी तीव्र

काठमाडौँ, २५ मङ्सिर – सङ्घीय संरचनाअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलगत्तै गठन हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारीका लागि जोडतोडसाथ लागिरहेको व्यवस्थापिका संसद्् सचिवालयले जनाएको छ । नेपालको इतिहासमा पहिलोपटक सङ्घीय संसद््का लागि निर्वाचन सम्पन्न भइसकेको तथा संविधानअनुसार संसद्ीय क्रियाकलाप सञ्चालन गर्न एउटा सङ्घीय संसद्् सचिवालय रहने तथा त्यसअन्तर्गत प्रतिनिधिसभा सचिवालय र राष्ट्रियसभा सचिवालयको व्यवस्था हुने व्यवस्थापिका–संसद्् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनुभयो प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सदस्यहरू निर्वाचित भई आएपछि बैठक सञ्चालनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको कक्ष मर्मत सम्भारका लागि संसद् सचिवालय जोडतोडसाथ काम गरिरहेको र मेच, टेबुल तथा माइकको मर्मत कार्य भइरहेको उहाँले बताउनुभयो । राष्ट्रियसभाको कक्षका लागि केही संरचना बनाउनुपर्ने र थप मर्मत सम्भार गर्नुपर्ने भएकाले यस कक्षको निर्माण भने केही ढिलाइ हुने डा. गौतमले जानकारी दिनुभयो । यसका लागि आवश्यक सामान खरिदका लागि टेन्डर आह्वान भइसकेको र जतिसक्दो चाँडो राष्ट्रियसभा तयारी गर्न काम थालिसकेको उहाँले बताउनुभयो । सङ्घीय संरचनाअन्तर्गत केन्द्रमा एक सङ्घीय संसद् तथा सात प्रदेशमा सात वटा प्रदेशसभा रहने संविधानमा व्यवस्था छ । केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशमा एक सदनात्मक प्रदेशसभा रहने प्रावधान छ निर्वाचनको अन्तिम परिणाम आएको एक महिनाभित्र प्रतिनिधिसभा र २० दिनभित्र प्रदेशसभा बोलाउनुपर्ने व्यवस्था रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो डा. गौतमले प्रदेशसभाका लागि प्रदेशसभा भवन, सचिवालय भवन, संसदीय दलको कार्यालय, विभिन्न समिति बस्न कक्षहरू तथा एउटा पुस्तकालय आवश्यक पर्ने संसद् सचिवालय आफूले गरेको अध्ययनका क्रममा देखिएको उल्लेख गर्नुभयो । सङ्घीय संसद् बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने र प्रदेशसभाको हकमा नेपाल सरकारले प्रदेशसभा केन्द्र तोकेपछि सोही स्थानमा तयारी सम्पन्न गरिने उहाँले बताउनुभयो । सङ्घीय संसद् तथा प्रदेशसभा सञ्चालनका लागि वार्षिक रु. दुई अर्ब ५५ करोड खर्च हुने अनुमान सचिवालयले गरेको प्रवक्ता गौतमले जानकारी दिनुभयो, गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?