महेन्द्रनगर, २४ मंसिर-कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तर्फ बामगठबन्धनका उम्मेदवार नरबहादुर धामी फराकिलो मतअन्तरले निर्वाचित भएका छन् नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता एनपी साउँदलाई ८ हजार ३ सय २७ मत अन्तरले पराजित गर्दै धामी निर्वाचित भएका हुन् धामीले कुल सदरमतको ३३ हजार २ सय २० मत प्राप्त गरे । भने साँउदले २४ हजार ८ सय ९३ मत प्राप्त गरे । धामी यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ मा काँग्रेसका बहादुर थापासंग पराजित भएका थिए । विद्यार्थी राजनीतिका समयमा कञ्चनपुरमा चर्चित छवि बनाएका विद्यार्थी नेता धामी अनेरास्ववीयुको केन्द्रिय कोषाध्यक्षसम्मको जिम्मेवारी बहन गरिसकेका छन् हाल पार्टीमा अञ्चल कमिटी सदस्यमा आबद्व रहेका नेता धामी चर्चित जनज्योती गोलीकाण्डका घाईते विद्यार्थी नेता समेत हुन् । सिद्वनाथ बहुमुखी क्याम्पसमा स्ववीयु सभापति हुदै उनी अनेरास्ववीयुको केन्द्रिय कोषाध्यक्ष बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया