चितवनमा अग्रता फराकिलो पार्दै प्रचण्ड

चितवन, २५ मंसिर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन क्षेत्र नम्बर ३ मा आफ्नो अग्रता फराकिलो पारेका छन् । आइतबार राती अबेर प्राप्त मतगणनाअनुसार प्रचण्डले २६८७५ मत प्रँप्त गर्दा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले २०६६५ मत प्राप्त गरेका छन् यसैगरी  कांग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी (नवलपुर) क्षेत्र नम्बर १ मा विजयी भएका छन् । कोइराला वाम गठबन्धनका माओवादी उम्मेदवार भविश्वर पराजुलीलाई हराउँदै विजयी भएका हुन् आइतबार अबेर सम्पन्न मतगणनाअनुसार कोइरालले ३४ हजार ७०० मत ल्याएका छन् भने पराजुलीले ३० हजार मत ल्याएका छन् । कोइराला र पराजुलीको मतान्तर ४ हजार ७ सय रहेको छ । कोइरालाको जीतसँगै कांग्रेसको प्रतिनिधिसभा सदस्यमा जीतसंख्या १५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?