२०७४, २४ मङ्सिर आईतवार १८:२४

गेट भाँच्चिएर टाउकोमा चोट लाग्दा बालकको मृत्यु


प्रकाशित मिति : २०७४, २४ मङ्सिर आईतवार १८:२४

पोखरा, २४ मंसिर – पोखरा–लेखनाथ महानगरपालिका–१७ भयरथानमा आज दिउँसो घर अगाडि रहेको गेटको एक भाग भाँच्चिएर टाउकामा चोट लाग्दा तीन वर्षीय बालकको मृत्यु भएको छ । सो ठाउँमा रहेको सुशील खातीको तीन वर्षीय छोरा अनमोल खाती घरबाट बाहिर निस्कने क्रममा घरको अगाडि रहेको गेटको फप्ल्याँटो भाँच्चिएर टाउकोमा चोट लागेपछि सख्त घाइते भएका र तत्काल मणिपाल शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ यस्तैबीच आजै महानगर–१७ छोरेपाटनमा वा५ख २५५८ नंको बसको ढोकाबाट खस्दा भरतपोखरी बस्ने ६० वर्षीया सावित्री आचार्य र २२ दिनको नाति सम्पन्न आचार्य घाइते भएका र उनीहरुको मणिपाल अस्पतालमै उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस