राजपा अध्यक्ष मण्डलका महेन्द्र राय यादव सानदार मतका साथ विजयी

सर्लाही, २४ मंसिर – राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव सर्लाही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । उनी २९ हजार १ सय ९१ मत ल्याएर प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका हुन् । काङ्ग्रेसबाट उम्मेदवार बनेका जंगीलाल राय १८ हजार ९ सय ७६ मत ल्याउँदै पराजित भए यसैगरी सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन् । उनले २४ हजार १ सय १३ मतसहित विजयी हासिल गर्दा निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका मृगेन्द्रसिंह यादवले १४ हजार ८ सय ८६ मत प्राप्त गरे । यस्तै  कांग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी (नवलपुर) क्षेत्र नम्बर १ मा विजयी भएका छन् । कोइराला वाम गठबन्धनका माओवादी उम्मेदवार भविश्वर पराजुलीलाई हराउँदै विजयी भएका हुन् । आइतबार अबेर सम्पन्न मतगणनाअनुसार कोइरालले ३४ हजार ७०० मत ल्याएका छन् भने पराजुलीले ३० हजार मत ल्याएका छन् । कोइराला र पराजुलीको मतान्तर ४ हजार ७ सय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?