कांग्रेस महामन्त्री शशांक कोइराला विजयी

नवलपरासी, २४ मंसिर— कांग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी (नवलपुर) क्षेत्र नम्बर १ मा विजयी भएका छन् । कोइराला वाम गठबन्धनका माओवादी उम्मेदवार भविश्वर पराजुलीलाई हराउँदै विजयी भएका हुन् आइतबार अबेर सम्पन्न मतगणनाअनुसार कोइरालले ३४ हजार ७०० मत ल्याएका छन् भने पराजुलीले ३० हजार मत ल्याएका छन् । कोइराला र पराजुलीको मतान्तर ४ हजार ७ सय रहेको छ । कोइरालाको जीतसँगै कांग्रेसको प्रतिनिधिसभा सदस्यमा जीतसंख्या १५ पुगेको छ यसैगरी सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन् । उनले २४ हजार १ सय १३ मतसहित विजयी हासिल गर्दा निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका मृगेन्द्रसिंह यादवले १४ हजार ८ सय ८६ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?