डन गणेश लामा र मिनकृष्ण महर्जन पराजित

काठमाडौं, २४ मंसिर— गुण्डा नाइके भनिने गणेश लामा र मीनकृष्ण महर्जन पराजित भएका छन् । लामा काभ्रे १ (ख) बाट कांग्रेसबाट प्रदेशसभाको उम्मेदवार बनेका थिए भने महर्जन पनि ललितपुर १(ख०) मा कांग्रेसबाटै उम्मेदवार बनेका थिए गणेश लामा एमालेका चन्द्र बहादुर लामासँग पराजित भएका हुन् चन्द्रले् २३ हजार ५ सय ४७ मत ल्याएर विजयी हुँदा गणेश लामाले भने १९ हजार ८ सय ६५ मत ल्याए यसैगरी मीनकृष्ण एमालेका चेतनाथ संजेलसँग पराजित भए । सञ्जेलले १२ हजार ८ सय ६६ मत ल्याएका थिए भने, महर्जनले ११ हजार ७ सय ४२ मत ल्याएर पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?