पुनःनिर्माण प्राधिकरणको सिइओबाट राजिनामा दिई चुनाब लडेका पोखरेल पराजित

प्युठान, २४ मंसिर— पुनःनिर्माण प्राधिकरणको सिईओबाट राजीनामा दिएर प्युठानमा चुनाव लडेका गोविन्दराज पोखरेल पराजित बनेका छन् । उनी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलसँग पराजित भएका हुन् । दुर्गाले ४७हजार ५१४ मत ल्याइन् भने गोबिन्दले ३१ हजार २८६ मत ल्याए । दुर्गा मसाल महामन्त्री मोहन विक्रम सिंहकी श्रीमती हुन यसैगरी सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन् । उनले २४ हजार १ सय १३ मतसहित विजयी हासिल गर्दा निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका मृगेन्द्रसिंह यादवले १४ हजार ८ सय ८६ मत प्राप्त गरे । यसैगरी तेह्रथुममा एमालेका भवानीप्रसाद खापुङ विजयी भएका छन् । २१३३५ मतसहित उनी विजयी हुँदा कांग्रेसकी सीता गुरुङले १९३१४ मत पाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?