चितवन २ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित

चितवन, २४ मंसिर । चितवन क्षेत्र नं. २ बाट वाम गठबन्धनका तर्फबाट एमालेका कृष्णभक्त पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् एमाले जिल्ला अध्यक्ष समेत रहेका पोखरेल कांग्रेस उम्मेदवार शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् पोखरेलले ४४ हजार ६ सय ७० मत प्राप्त गरे भने अधिकारीले २७ हजार ३ सय १४ मत ल्याए पोखरेल यसअघि २०७० सालमा चितवन क्षेत्र नं. ३ बाट विजयी भएका थिए भने अधिकारी चितवन–२ बाट विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?