कपिलवस्तुबाट चुनाव लडेका भारतका लागि पूर्व राजदूत उपाध्याय पराजित

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्याय कपिलवस्तु १ बाट पराजित भएका छन् भारतका लागि नेपाली राजदूतको रुपमा महत्वपूर्ण जिम्मेवारी छाडेर चुनाव लड्न आएका उपाध्यायलाई माओवादी केन्द्रका नेता चक्रपाणी खनालले हराएका हुन् कपिलबस्तु १ बाट खनाल २९ हजार ७ सय ९९ मत प्राप्त गरी विजयी भ एभने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उपाध्यायले २८ हजार ८ सय ५३ मत प्राप्त गरे नाकाबन्दीको बेला राजदूतका रुपमा राम्रो भूमिका निर्वाह नगरेको र सरकार ढाल्न षडयन्त्र गरेको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यायलाई राजदूतबाट फिर्ता बोलाएका थिए तर, कांग्रेस समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि उपाध्याय पुनः भारतको राजदूतको जिम्मेवारीमा फर्किएका थिए । तर उनी चुनावमा उम्मेदवार हुनका लागि राजदूत पदबाट राजीनामा दिएर आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?