गैह्रकानुनी रुपमा क्यासिनोमा जुवा खेल्ने तथा क्यासिनो प्रवेश गराउनेहरु पक्राउ

काठमाडौं, २४ मंसिर- काठमाडौं महानगरपालिका–१३ स्थित होटल क्यासिनो माजुङमा गैह्रकानुनी रुपमा प्रवेश गरी जुवा खेल्ने तथा क्यासिनोमा प्रवेश गराउने गरी जम्मा १९ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ उक्त क्यासिनोमा नेपालीहरुलाई नक्कली कार्ड बनाई प्रवेश गराई जुवा खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा अनुसन्धानमा खटिएको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरीले क्यासिनोमा जुवा खेलिरहेका ८ जना र जुवा खेल्न प्रवेश गराउने उक्त क्यासिनाका कर्मचारी ११ जना समेत गरी १९ जनालाई पक्राउ गरेको हो उनीहरुबाट नेपाली रुपैयाँ ४ लाख ४३ हजार २ सय ४६, भारतीय रुपैयाँ १ सय, अरेवियन दिनार १ सय, अमेरिकी डलर १ सय ३०, दशहजार दरको क्वाइन १ थान, एकहजार दरको क्वाइन २७ थान, पाँचसय दरको क्वाइन २ थान, एकसय दरको क्वाइन ६ थान र सानिमा बैंकको ७ लाख रुपैयाँको चेक १ थान बरामद भएको छ यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?