समानुपातिकमा पनि एमालेको अग्रता

काठमाडौँ २४ मंसिर। नेकपा एमाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक तर्फपनि अगाडि देखिएको छ । निर्वाचन आयोगले दिउँसो २ बजेसम्म सार्वजनिक गरेको नतिजा अनुसार कुल २ लाख ८८ हजार ४२३ मत गणना हुँदा एमालेले १ लाख १६ हजार ५ सय २१, कांग्रेसले १ लाख ७ हजार ५०७ र माओवादी केन्द्रले ४३ हजार ३१५ मत पाएका छन् । चौथोंमा नयाँ शक्ति नेपाल र पाँचौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएको छ त्यस्तै प्रदेशसभा तर्फ १ नम्बर प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो र संघीय समाजवादी चौथोंमा देखिएका छन् । प्रदेश २ मा राष्ट्रिय जनता पार्टी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो देखिएका छन् । प्रदेश ३ मा एमाले पहिलो, नयाँ शक्ति दोस्रो, कांग्रेस तेस्रो देखिएका छन् । त्यस्तै ४ मा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो छन् । ६ मा एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो भएका छन् । ७ मा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छन् । भने ५ नम्बर प्रदेशको परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?