ललितपुर १ का दुवै क्षेत्रमा बाम गठबन्धन विजयी

ललितपुर, २४ मंसिर । ललितपुर क्षेत्र नं. १ का दुवै प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ललितपुर १ ‘क’ मा माओवादी केन्द्रकी लालकुमारी पुन १३ हजार १ सय ८५ मत ल्याइ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका ऋषि घिमिरेले १२ हजार ८ सय ६२ मत ल्याएका थिए त्यस्तै, ललितपुर १ ‘ख’मा एमालेका चेतनाथ सन्जेलले ११ हजार ७ सय ४२ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्न्द्वी कांग्रेसका मिनकृष्ण महर्जनले १० हजार ५ सय ९१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?