उदयपुर– २ मा वाम गठबन्धनको समूह विजयी

उदयपुर, २४ मंसिर । क्षेत्र नं २ मा वाम गठबन्धनको समूह विजयी भएको छ उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका सुरेश किराँती २२ हजार ५ सय ५१ मत प्राप्त गरी विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणबहादुर कार्कीले १५ हजार ४ सय ५५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?