पर्सा – २ (क) मा काँग्रेस विजयी

पर्सा, २४ मंसिर – निर्वाचन क्षेत्र नं २ (क)बाट नेपाली काँग्रेसका राजेश्वरप्रसाद साह तेली विजयी भएका छन आज बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार १० हजार २५९ मत हासिल गरी तेली विजयी भएका हुन तेलीले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनरेश यादवभन्दा १५० मत बढी ल्याई विजयी भएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुए । तेलीका निकटतम प्रतिद्वन्दी यादवले १० हजार ७९ मत हासिल गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?