प्रदेशसभा कास्की ३ (क) मा रामजी बराल र (ख) मा राजीव पहारी निर्वाचित

पोखरा, २४ मंसिर । प्रदेशसभा कास्की क्षेत्र नं ३ (क)मा नेकपा (माओवादी केन्द्र)का रामजी बराल निर्वाचित भएका छन् उनले १५ हजार ८२३ मत र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत पाएका छन् । क्षेत्र नं ३ (क) मा ४२ हजार १८१ मतदाता रहेकामा २८ हजार ९०४ मतदाताले मतदान गरेका थिए । प्रदेशसभा सदस्यमा निर्वा्चित भएपछि प्रतिक्रिया दिँदै उनले आपूm सधैँ यस क्षेत्रको विकासमा क्रियाशील रहने बताए यस्तै, क्षेत्र नं ३ (ख) मा नेकपा (एमाले)का उम्मेदवार युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारी निर्वाचित भएका छन् । उनले १६ हजार १६७ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सिकन्दर गुरुङले १० हजार ८७६ मत पाएका छन् । क्षेत्र नं ३ (ख) मा ४६ हजार ५२४ मतदाता रहेकामा ३२ हजार ९८७ मतदाताले मतदान गरेका थिए । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनले फेवातालको संरक्षण र विकास निर्माणमा आपूmले विशेष ध्यान दिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?