नुवाकोेटमा वाम गठबन्धनको क्लिन स्विप, काँग्रेसका प्रभावशाली नेता हारे

काठमाडौं, २४ मंसिर । नुवाकोटका सबै क्षेत्रमा बाम उम्मेदवारहरुले जित हात पारेका छन् ।नुवाकोट क्षेत्र नम्बर २ बाट वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले) का नारायणप्रसाद खतिवडा ३६ हजार ८ सय ९२ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् यस्तै, प्रदेशसभा तर्फ १ को (क) मा नेकपा (माओवादी केन्द्र) की राधिका तामाङले १८ हजार १ सय ३७ मत ल्याएर विजयी भएकी छन् भने नेपाली काँग्रेसका महेन्द्र थिङले १३ हजार ३ सय ६८ मत मात्रै प्राप्त गरे यस्तै, प्रदेश (ख) तर्फ नेकपा एमालेका बद्री मैनाली २० हजार ५ सय ९ मत ल्याएर विजयी हुँदा काँग्रेसका रमेशकुमार महतले १२ हजार २१७ मत प्राप्त गरेयस्तै, नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा नेकपा एमालेका केशवराज पाण्डेले २० हजार नौ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका जगदिश्वरनरसिंह केसीले १२ हजार ७ सय २९ मत प्राप्त गरे प्रतिनिधिसभा तर्फ नुवाकोट क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका छन् तामाङले ३६ हजार ४ सय ७३ मत प्राप्त गरि विजयी भएका हुन् भने नेपाली कांग्रेसका नेता डा.रामशरण महतले २७ हजार हजार ९ सय २०मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?