चितवन अपडेटः सबै क्षेत्रमा बाम अगाडी

चितवन, २४ मंसिर । चितवन क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र प्रसाद पाण्डेले १८५२४ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले राजेन्द्र प्रसाद वुर्लाकोटी १३५३७ मत प्राप्त गरेका छन् त्यस्तै, चितवन क्षेत्र नं. १ ‘क’ मा एमाले उम्मेदवार दावा दोर्जे लामाले १७६८७ मत प्राप्त गरेका छन् । दोर्जेका प्रतिस्पर्धि कांग्रेस उम्मेदवार धनबहादुर गुरुङ १२४२७ मत ल्याएका छन् । चितवन क्षेत्र नं. १ ‘ख’ मा एमालेबाट उम्मेदवार दिएका कृष्ण प्रसाद शर्मा खनालले २०३५७ मत ल्याइ अग्रस्थानमा छन् भने उनेका प्रतिद्न्वद्वी उत्तम प्रसाद आचार्यले १४१६८ मत प्राप्त गरेका छन् त्यसैगरी, चितवन क्षेत्र नं. २ मा एमाले उम्मेदवार कृष्ण भक्त पोखेलले २२६४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धि कांग्रेस उम्मेदवार शेष नाथ अधिकारीले १४८९७ मत ल्याउँदै पछाडि परेका छन् चितवन क्षेत्र नं. २ ‘क’ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार घन श्याम दाहालले १६७०४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार जीत नारायण श्रेष्ठ १२४४० मत प्राप्त गरि दाहाललाई पछ्याइरहेका छन् चितवन क्षेत्र नं. २ (ख) मा नेकपा एमालेबाट उम्मेदवार दिएका विजय सुवेदीले १३९०० मत प्राप्त गरि अग्रस्थानमा रहेका छन् भने उनका प्रतिस्पर्धि कांग्रेस उम्मेदवार प्रकाश अधिकारीले ६९९० मत प्राप्त गरेका छन् त्यस्तै, चितवन क्षेत्र नं. ३ मा प्रतिनिधि सभामा उम्मेदवार दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १४५८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उम्मेदवार विक्रम पाण्डे १०२४० मत हात पारेका छन्  त्यस्तै, चितवन क्षेत्र नं. ३ ‘क’ मा नेकपा एमालेका कृष्ण प्रसाद भुर्तेलले १३०५८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धि कांग्रेस उम्मेदवार दिनेश कोइरालाले ११९३३ मत प्राप्त गरेका छन् चितवन क्षेत्र नं. ३ ‘ख’मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामलाल महत्तो १४०७७ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन् भने उनका प्रतिस्पर्धि कांग्रेस उम्मेदवार साजन कुमार महत्तोले ८५१४ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?