१८ चैत्र २०७९, शनिवार

सांसदद्वारा अवकाशपछि पनि सुविधा माग !

२०७४,भाद्र,२३,शुक्रवार ०२:३४

0
Shares

काठमाडौँ, २३ भदौ- संसद्को राज्य व्यवस्था समितिले पूर्व विशिष्ठ पदाधिकारीलाई सुविधा दिनेसम्बन्धी विधेयकको दफावार छलफल प्रक्रिया अगाडि बढाएको छ । संशोधन दर्तापछि संसद्बाटै फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरिएको विधेयक आलोचनापछि समितिमा पठाइएको थियो । गत चैतमा नै विधेयक समितिमा पठाइए पनि विधेयकमाथिको दफावार छलफल प्रक्रिया सुरु हुन ढिलाइ गरिएको थियो ।समितिमा बिहीबार संशोधनकर्ता सदस्यले धारणा राख्ने क्रम सुरु भएको छ । संशोधनकर्ता र समिति सदस्यले धारणा राख्ने क्रम सकिएपछि विधेयक समितिमा पारित गर्ने प्रक्रिया सुरु हुनेछ । समितिले विधेयक पारित गरेपछि प्रतिवेदन संसद्मा पेस गर्नेछ । प्रतिवेदन पेससँगै विधेयक पारितको अन्तिम प्रक्रिया सुरु हुनेछ ।बिहीबार समितिमा काँग्रेस सांसद राजीवविक्रम शाहले अन्य देशको तुलनामा नेपालमा पूर्व सांसदलाई कुनै पनि सुविधाको व्यवस्था नभएको भन्दै सुविधा थपको माग गरे । शाहले अवकाशपछि सांसदलाई औषधि उपचार तथा यातायात खर्च दिनु उपयुक्त हुने गरी विधेयकमा संशोधन समेत दर्ता गरेको खबर गोरखापत्रमा छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२३,शुक्रवार ०२:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८