सप्तरी ३ मा राजपाका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी

राजविराज, २४ मंसिर । प्रतिनिधिसभा सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसलाई हराउँदै राष्ट्रिय जनता पार्टीका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन् जिल्ला मुख्य निर्वाचन कार्यालयले मध्यरात सार्वजनिक गरेको मत परिणमअनुसार चौधरीले २२ हजार ५८४ मत ल्याएर विजयी भएका हुन् उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दिनेशकुमार यादवले १९ हजार ४०१ मत प्राप्त गरेका थिए यसअघि सप्तरी क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतले विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?