हारे कमल थापा

हेटौँडा, २४ मंसिर – मकवानपुर जिल्लाको क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वचनमा नेकपा (एमाले)का उम्मेदवार कृष्णप्रसाद दाहालले ४० हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका कमल थापाले ३४ हजार ६५८ मत प्राप्त गर्नुभएको थियो यसैगरी मकवानपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले)का विरोध खतिवडा ४६ हजार ४८१ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महालक्ष्मी डिना उपाध्यायले ३४ हजार ९० मत प्राप्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?