राजधानीमा निर्वाचित नेताहरू : केही नयाँ केही पुराना

काठमाडौंँ, २४ मङ्सिर – अत्यधिक चासोको रूपमा हेरिएको राजधानी काठमाडौँ जिल्लाअन्तर्गत प्रतिनिधिसभाका अधिकांश क्षेत्रको मतपरिणाम आइसकेको छ । काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये यो समाचार तयार पार्दासम्म नौवटा क्षेत्रको मतपरिणाम प्राप्त भएको छ प्राप्त मतपरिणाममध्ये नेपाली काँग्रेसले चार स्थानमा विजय हासिल गरेको छ भने पाँच स्थानमा वाम गठबन्धका तर्फबाट नेकपा (एमाले)का उम्मेदारहरूले विजय हासिल गरेका छन् । निर्वाचन क्षेत्र ५ को मतपरिणाम भने आउन बाँकी छ । निर्वाचन क्षेत्र नं. ५ मा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका डा. प्रकाशशरण महत प्रतिस्पर्धामा हुनुहुन्छ । प्रस्तुत छ, काठमाडौंँबाट प्रतिनिधिसभामा विजयी प्रतिनिधिसभा सदस्यका छोटो विवरण :प्रकाशमान सिंह, काठमाडौँ–१काठमाडौँ–१ बाट सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ नेपाली काँग्रेसका तर्फबाट विजयी हुनुभएको हो । उहाँले १० हजार ९३६ मत प्राप्त गर्नुभयो । उहाँ यसअघि संविधानसभाका दुवै निर्वाचनमा यही क्षेत्रबाट विजयी हुनुभएको थियो सिंह नेपाली काँग्रेसका प्रभावशाली लौहपुरुष गणेशमान सिंह र मङ्गलादेवी सिंहका सुपुत्र हुुनुहुुन्छ । वि.सं. २०१२ चैत २१ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका सिंहले तथ्याङ्कशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभएको छ नेपाली काँग्रेसमा प्रभावशाली मानिने नेता सिंहले सुशील कोइराला नेतृत्वको सरकारमा उपप्रधान एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसअघि नेपाली काँग्रेसका उपसभापति र महामन्त्री हुनुका साथै विभिन्न सरकारमा पनि महŒवपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो माधवकुमार नेपाल, काठमाडौँ–२नेकपा (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री नेपाल काठमाडौँ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले २७ हजार ३६६ मत प्राप्त गर्नुभयो । उहाँ नेकपा (एमाले)का पूर्वमहासचिवसमेत हुनुहुन्छ मङ्गलकुमार उपाध्याय र दुर्गादेवी उपाध्यायका सुपुत्र उहाँ २००९ फागुन २३ गते रौतहटको गौरमा जन्मनुभएको हो । पहिलो संविधानसभाको निर्वाचन (२०६४)मा काठमाडौंँ–२ र रौतहट–१ बाट पराजय बेहोर्नु परे पनि मन्त्रिपरिषद्को सिफारिसमा संविधानसभा सदस्य भई नेता नेपाल २०६६ मा मुलुकको प्रधानमन्त्री बन्नुभयो । करिब १३ महिना प्रधानमन्त्री पद सम्हालेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । नेता नेपाल २०७० को संविधानसभा निर्वाचनमा काठमाडौँ–२ र रौतहट–६ बाट विजयी बन्नुभएको थियो कृष्णबहादुर राई, काठमाडौँ–३काठमाडौँ–३ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का राई विजयी हुनुभएको छ । उहाँले १९ हजार १६९ प्राप्त गर्नुभयो । वि.सं. २०२६ मा काठमाडौँको अत्तरखेलमा जन्मनुभएका राई २०४२ सालमा अनेरास्ववियु पाँचौँबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँ हाल नेकपा (एमाले)को काठमाडौँ जिल्ला कमिटीका अध्यक्षसमेत हुनुहुन्छ गगनकुमार थापा, काठमाडौँ–४नेपाली काँग्रेसका प्रभावशाली युवानेता थापा काठमाडौंँ–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले २१ हजार ५५८ मत प्राप्त गर्नुभएको हो । दोस्रो संविधानसभाको निर्वाचनमा उहाँ यही क्षेत्रबाट २२ हजार ३३६ मत प्राप्त गरेर विजयी हुनुभएको थियो पहिलो संविधानसभाको निर्वाचन २०६४ मा उहाँ समानुपातिक तर्फको सांसद बन्नुभएको थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संयुक्त सरकारमा उहाँले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । स्वास्थ्यमन्त्री हुँदा उहँले स्वास्थ बीमा लगायतका क्षेत्रमा गर्नुभएको सुधार चर्चित छ पिता महेन्द्रकुमार थापा र माता रामेश्वरी थापाका सुपुत्र ४१ वर्षीय नेता थापाले नेविसङ्घबाट राजनीतिक यात्रा थाल्नुभएको हो भीमसेनदास प्रधान, काठमाडौँ–६प्रधान काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । हाल उहाँ रक्षामन्त्री हुनुहुन्छ । दोस्रो संविधानसभाको निर्वाचनमा पनि उहाँले यही क्षेत्रबाट विजय हासिल गर्नुभएको थियो वर्तमान सरकारमा उहाँले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएको छ । उहाँ सन् १९६४ मा काठमाडौँमा जन्मनुभएको थियो रामवीर मानन्धर, काठमाडौँ–७काठमाडौंँ–७ मा १८ हजार १०२ मत प्राप्त गरी नेकपा (एमाले)का मानन्धर विजयी हुनुभएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा पनि उहाँले यही क्षेत्रबाट विजय हासिल गर्नुभएको थियो । अष्टनारायण मानन्धर र आमा चिनीमायाका सुप्ुत्र उहाँ २०१९ मा काठमाडौँको बालाजुमा जन्मनुभएको हो जीवनराम श्रेष्ठ, काठमाडौँ–८श्रेष्ठ काठमाडौंँ–८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । खेलकुद क्षेत्रमा सक्रिय उहाँ नेकपा (एमाले)को तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँले १३ हजार ३९७ मत प्राप्त गर्नुभयो वि.सं. २०२२ पुस १५ गते काठमाडौँमा जन्मनुभएका श्रेष्ठ नेपाल ओलम्पिक कमिटीको अध्यक्ष र नेपाल स्की एसोसिएसनको अध्यक्षसमेत हुनुहुन्छ । उहाँले काठमाडौंँ महानगरपालिकाका विभिन्न पदमा जिम्मेवारी वहन गर्दै आउनुभएको थियो । उहाँ व्यस्थापन सङ्कायमा स्नातक हुनुहुन्छ कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ–९काठमाडौंँ–९ बाट प्रतिनिधिसभा सदस्यमा श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले कुल २२ हजार ८५२ मत प्राप्त गर्नुभयो वि.सं. २०१५ मा जन्मनुभएका श्रेष्ठ २०३५ सालदेखि नै राजनीतिमा हुनुहुन्छ । उहाँले २०४८ र २०५६ सालको निर्वाचनमा काठमाडौँ–५ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गर्नुभएको थियो । तर, दुवै संविधानसभा निर्वाचनमा उहाँ पराजित हुनुभएको थियो । अर्थशास्त्रमा स्नातकोत्तर श्रेष्ठ हाल एमालेको सचिव हुनुहुन्छ राजेन्द्रकुमार केसी, काठमाडौँ–१०काठमाडौँ–१० बाट प्रतिनिधिसभा सदस्यमा केसी विजयी हुनुभएको छ । हाल युवा तथा खेलकुद मन्त्री केसीको यो दोस्रो विजय हो । दोस्रो संविधानसभाको निर्वाचन २०७० मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यही क्षेत्रमा पराजित गरेर उहाँले चर्चा बटुल्नुभएको थियो । ५८ वर्षीय केसी काठमाडौँ चोभारका बासिन्दा हुनुहुन्छ । उहाँले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । गोरखापत्रमा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?