आइजीपी हुन नपाएका सिलवाललाई जनताको उपहार

ललितपुर २३ मंसिर-प्रहरीका पूर्व डिआजी नवराज सिलवाल सांसदमा निर्वाचित भएका छन् । ललिपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका यूवा नेता तथा अर्थराज्यमन्त्री उदय शम्शेर राणालाई परिाजित गर्दै सिलवालले जित हात पारेका हुन् । उनले २६ हजार ९ सय ४६ मत हात पारेका छन् भने उनका निकटम प्रतिद्धन्द्धी राणाले २० हजार ७ सय २९ ल्याएका छन् यसअघि उनले आईजीपी बन्न दौडधूप गरेको भएपनि नपाएपछि डिआईजीपदबाट राजीनामा दिएर राजनीतिमा होमिएका थिए।यस्तै ललितपुरको अन्य क्षेत्रमा पनि बाम गठबन्धनले विजय हासिल गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?