जितसँगै उपेन्द्रको प्रतिक्रिया ः अब सबै मिलेर यो राष्ट्र बनाउनुपर्छ

सप्तरी २३, मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जीतपछि पहिलो प्रतिक्रिया दिँदै भनेका छन्,–जन्मभूमिले मलाई माया गरेर विजयी बनाएको छ, यसप्रति म रिनी छु, जन्मभूमिप्रतिको रिन तिर्नलाई पनि सप्तरीलाई म समृद्ध जिल्ला बनाउँछु शनिबार प्रतिनिधि सभा सदस्यपदमानिर्वाचितभएसँगै यादवले आफ्नो जीतले मधेशका मुद्दाहरुले वैधानिकता पाएको भन्दै बाकीमागहरुलाई पूरा गराउने प्रतिबद्धता जाहेर गरेका छन् ‘मेरो जीतसँगै मधेशका मुद्दाहरुले वैधानिकता पाएका छन्, ति मागहरुलाई पूरा गराउने जिम्मेबारी मेरो हो’–यादवले भने वाम गठबन्धन र माओवादी केन्द्रका साझा उम्मेदबार उमेश यादव र स्वतन्त्र उम्मेदबार जयप्रकाश ठाकुरलाई यादवले भारी मतले पराजित गर्न सफलभएका छन् सप्तरी निर्वाचन क्षेत्र नं. २, बाट प्रतिनिधि सभाकाउम्मेदवार यादवले दशहजार एकचालिस मतको भारी अन्तरले वाम गठबन्धनका उम्मेदबार र स्वतन्त्रलाई पराजित गरेकाहुन् फोरम नेपालका अध्यक्ष यादवले २१ हजार छ सय २० मतपाएका छन् । वामका उमेश यादवले एघार हजार पाँच सय उनानस्सी र ठाकुरले नौ हजार चार सय उनान्साठी मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?