१३ आश्विन २०८०, शनिवार

आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल : प्रधानमन्त्री

२०७४,भाद्र,२३,शुक्रवार ०१:५१

0
Shares

विष्णु नेपाल / काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल अगाडि बढिरहेको बताएका छन । नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ निकायको सहयोगमा राष्ट्रिय योजना आयोगद्वारा दक्षिण एशियामा खाद्य तथा पोषण सुरक्षा विषयक आज आयोजित अन्तरराष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तह तथा प्रदेश÷प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संक्रमणकालकोे अन्त्य भई दिगो राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे । खासगरी दक्षिण एशियामा खाद्य तथा पोषणको अवस्थाका बारेमा समीक्षा गर्दै आगामी दिनमा अपनाइनुपर्ने रणनीतिका बारेमा छलफल गर्ने ध्येयले आयोजित सो दुईदिने गोष्ठीमा नेपालसहित यस क्षेत्रका १६ देशका ११६ जनाको सहभागिता रहेको छ । प्रधानमन्त्री देउवाले पछिल्लो समयमा नेपालले मातृ तथा शिशु मृत्युदरमा उल्लेख्य प्रगति गरेको चर्चा गर्दै पाँच वर्षमुनिका बालबालिका, विद्यालय तहका छात्रछात्रा तथा महिलालाई लक्षित गरी खाद्य तथा पोषणका कार्यक्रमलाई समन्वय गरी थप प्रभावकारी बनाइने जानकारी दिए ।   गरिबी न्यूनीकरण गर्न दिगो कृषि विकास, कृषिको उत्पादन वृद्धि, पूर्वाधार विकास, स्वास्थ्य सुधारमा सरकारले ध्यान दिएको प्रधानमन्त्री देउवाले बताए । राष्ट्रिय योजना आयोगको समन्वयमा कृषि, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका, स्थानीय विकास, स्वास्थ्य तथा शिक्षा मन्त्रालयले बहुक्षेत्रीय पोषण योजनालाई कार्यान्वयनमा ल्याइरहेका छन् । पहिलो चरणको योजना सफल भएपछि आयोगले दोस्रो चरणको योजना कार्यान्वयनमा ल्याउन लागेको हो । दोस्रो चरणको योजनामा ती मन्त्रालयका साथसाथै वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई थप गर्न लागिएको छ । सो योजनाले पाँच वर्षमुनिका पुड्को ३६ प्रतिशतबाट २०, ख्याउटे १० प्रशितलाई न्यून, कम तौल २७ प्रतिशतबाट १२ र रक्तअल्पता कम गर्ने अति महत्वकांक्षी योजना समावेश गरिएको छ ।  

प्रकाशित मिति: २०७४,भाद्र,२३,शुक्रवार ०१:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप

काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ । मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष

काठमाडौं । इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०