यस्तो घोषणापत्रले गर्दा राजपामा थप भाडभैलो, राजेन्द्र महतोले डुबाए

काठमाडौं, २३ भदौ- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा समेटिएका विषय वस्तुबारे शीर्ष नेताले अनविज्ञता प्रकट गरेपछि पार्टीभित्रको भाँडभैलो सतहमा आएको छ । स्थानीय तह निर्वाचनका लागि राजपाले बिहीबार घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा ‘अन्य पार्टीबारे राजपाको दृष्टिकोण- शीर्षकमा समेटिएका केही वाक्यांशप्रति घोषणापत्र सार्वजनिककर्ता नै जानकार नहेको खुलेको छ । घोषणापत्रमा समेटिको विषयप्रति सञ्चारकर्मीले जिज्ञासा राखेपछि ‘गल्ती- भएको शीर्ष नेताले स्विकारेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।अन्य पार्टीबारे राजपा नेपालको दृष्टिकोण शीर्षकमा माओवादी केन्द्रलाई ‘लोकतान्त्रिक प्रणालीमा विश्वास नराख्ने तथा राज्यसत्ता कब्जाको शैलीमा क्रियाशील- भनी उल्लेख छ । उक्त विषयप्रति अध्यक्षमण्डलका केही नेताले आक्रोश व्यक्त गरेका छन् । राजपाका अध्यक्ष महन्थ ठाकुर, शरत्सिंह भण्डारीले सांकेतिक रूपमा विरोध जनाए भने अनिल झा र महेन्द्रप्रसाद यादवले पूर्ण असहमति जनाउँदै माओवादी केन्द्र लोकतान्त्रिक प्रणालीमा विश्वास राखेरै बुलेट छाडेर ब्यालेटमा आएको जिकिर गरेका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मधेससँग ‘अफेयर्स- भन्ने तर तपाईंहरूको घोषणापत्रले ‘कडा डिभोर्स- जनाउँदै भनी राखेको जिज्ञासामा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले भने, ‘माओवादीसँग न अफेयर्स, नत डिभोर्स- नै भन्ने रेडिमेड जवाफ दिए । सञ्चारकर्मीले घोषणापत्रमा समेटिएको विषय वाचन गरेपछि महतो अक्क न बक्क भएका थिए ।पार्टीका केही उपाध्यक्ष, महामन्त्रीलगायत नेताले राजपा अध्यक्ष ठाकुरलाई कार्यकक्षमै पुगेर आफूले नपढेको घोषणापत्र सार्वजनिक गर्नुको कारण स्पष्ट गर्न माग गरेका थिए । उनीहरूले भनेका थिए, ‘राजपाभित्रका विविधखाले सोचका कारण अन्य पार्टीबारे राजपाको दृष्टिकोण गलत ढंगले बाहिर आयो । घोषणापत्र बनाउने जिम्मेवारी दिइएका महतोलाई पूर्ण विश्वास गर्दा यस्तो अवस्था आयो । घोषणापत्रमा समेटिएका विषयबारे जानकारी नराख्नु आपत्तिजनक हो ।के छ घोषणापत्रमाकांग्रेस : लोकतान्त्रिक पार्टी भए पनि संघीयता र समावेशी लोकतन्त्रका लागि प्रतिबद्ध छैन । मधेसमैत्री होइन ।एमाले : संघीयता र समावेशीकरणका विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टी । यसको नेतृत्व तहको संरचना हेर्ने हो भने यहाँ मात्रै शासक वर्गको वर्चस्व भेटिन्छ । उनीहरू प्रखर मधेसविरोधी पनि छन् । यो संघीयताविरोधी पार्टी त हो नै, उत्पीडित बहिष्कृत समुदायको हक—अधिकारका लागि रत्तिभर संवेदनशील छैन ।माओवादी केन्द्र : लोकतान्त्रिक प्रणालीमा विश्वास नराख्ने पार्टी । शक्तिका बलमा सत्ता कब्जा गर्ने नीतिबाट यो सञ्चालित छ । अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनाले माओवादीको मूल चरित्र संघीयताविरोधी छ । दण्डहीनता, भ्रष्टाचार, असुरक्षा, अशान्ति, एवं अराजकता माओवादी केन्द्रकै कारणबाट हाबी भएको हो । मधेस आन्दोलनमा सहिद भएका ५२ जनाको हत्यामा समेत मुख्य जिम्मेवार पार्टी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?