भोजपुर प्रदेशसभा (क) मा बामगठबन्धनका राजेन्द्र राई विजयी

भोजपुर, २३ मंसिर । भोजपुर प्रदेशसभा (क) मा बामगठबन्धनका उम्मेदवार एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन् । राईले १९२१७ मत प्राप्त गरि विजयी भएका हुन् उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजबादी फोरम नेपालका अजम्वर राई काङ्माङ्ले ११ हजार पाँच सय ४६ मतप्राप्त गरेका छन् । प्रदेशका लागि दुई क्षेत्र रहेको यहाँ प्रदेश सभा (ख)मा यस अघिनै एमाले शेरधन राई विजयी बनेका थिए यस्तै, प्रतिनिधि सभाकालागि एक स्थान रहेको यहाँ बाम गठबन्धनका साझा उम्मेदवार माओबादी केन्द्रका सुदन किराती अग्रस्थानमा छन् । किरातीले २२ हजार चार ७५ मतप्राप्त गरेका छन् उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेशजङ रायमाझीले १३ हजार तीन सय १६ मतप्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?