९ आश्विन २०७८, शनिवार

हरायो ‘मधेसी भर्सेज पहाडी’

२०७४,भाद्र,२३,शुक्रवार ०१:३६


चन्द्रनिगाहपुर, २३ भदौ- मधेस आन्दोलनयता विकास भएको ‘मधेसी भर्सेज पहाडी’ मनोविज्ञानका विपरीत स्थानीय तहको निर्वाचनमा पहाडी बाहुल्य क्षेत्रमा मधेसी उम्मेदवार मत मागेर हिँडिरहेका छन् । पछिल्लो मधेस आन्दोलनका क्रममा पहाडी र मधेसीको टकराव झेलेको रौतहट चन्द्रनिगाहपुर नजिकका दुई नगरपालिकामा प्रमुख दलले नगरप्रमुखमा मधेसी समुदायका उम्मेदवारलाई अघि सारेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।चन्द्रनिगाहपुरलाई मधेसमा बस्ने पहाडीको केन्द्र मानिन्छ । यहाँ कांग्रेसले मेयरमा थारू समुदायलाई अघि सारेको छ । चन्द्रनिगाहपुरको छेउमै रहेको रौतहटको गुजरा नगरपालिका र फतुवाविजयपुर नगरपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै पार्टीले नगरप्रमुखमा मधेसी थारूलाई अघि सारेका छन् ।रौतहटको गुजरा र फतुवाविजयपुर नगरपालिकामा चन्द्रनिगाहपुरपछि पहाडी समुदायको उल्लेख्य बसोवास रहेको स्थानीयको बुझाइ छ । कांग्रेसले शेष दाउद, एमालेले रामेश्वरी बण्डा थारू र माओवादी केन्द्रले पलट चौधरीलाई गुजरा नगरपालिका प्रमुखमा उठाएका छन् ।यस्तै, फतुवाविजयपुरमा कांग्रेसले गोपाल राई यादव, एमालेले बुधाई खा पैठान र माओवादी केन्द्रले सुरेन्द्र राय यादवलाई मेयर पदमा मैदानमा उतारेको छ । कांग्रेसले चन्द्रनिगाहपुर नगरपालिकाबाट समेत मधेसी समुदायका रामचन्द्र चौधरीलाई मेयरमा प्रतिस्पर्धा गराएको छ । चन्द्रनिगाहपुरमा एमालेले उद्धव रेग्मी र माओवादीले युवराज भट्टराईलाई उम्मेदवार बनाएको छ ।रौतहटका एकजना शिक्षक तथा साहित्यकार सञ्जय साह भन्छन्, ‘यो सकारात्मक सन्देश दिने कदम हो । आफ्नो निहित स्वार्थका लागि राजनीति गर्नेले समाजलाई विभिन्न ट्याग लगाएर विभाजित गरिरहँदा प्रमुख दलहरूको यो कदम सकारात्मक देखिन्छ ।’ फतुवा नगरपालिकास्थित शिक्षक विष्णु श्रेष्ठ भन्छन्, ‘पार्टीगत तहबाटै यसरी निर्णय आएपछि यहाँ मधेसी भनेर पहाडी समुदायले उम्मेदवारलाई छुट्याएका छैनन् ।’ श्रेष्ठ भन्छन्, ‘यसले सामाजिक घुलमिलको वातावरणलाई झन् बलियो बनाउनेछ ।’

प्रकाशित मिति: २०७४,भाद्र,२३,शुक्रवार ०१:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

कांग्रेसको पालिका अधिवेशन आजदेखि सुरु
 २०७८,आश्विन,९,शनिवार ०८:४४
यस्तो छ आजको विनिमयदर (सूचीसहित)
 २०७८,आश्विन,९,शनिवार ०८:२७
यस्तो छ आजको मौसम पूर्वानुमान
 २०७८,आश्विन,९,शनिवार ०८:१३
बलेवामा नगर अस्पताल सञ्चालन
 २०७८,आश्विन,९,शनिवार ०७:५१
थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै
 २०७८,आश्विन,९,शनिवार ०७:४०
एक करोड मात्रा खोप आउने सुुनिश्चित
 २०७८,आश्विन,९,शनिवार ०७:३२
मन्त्री नहुँदा कर्मचारीलाई सास्ती
 २०७८,आश्विन,९,शनिवार ०७:२४