२०७४, २३ मङ्सिर शनिवार ०९:०३

सप्तरीको भारदहमा बस पल्टिँदा १७ घाइते


प्रकाशित मिति : २०७४, २३ मङ्सिर शनिवार ०९:०३

राजविराज, २३ मंसिर . पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बस पल्टिँदा १७ यात्रु घाइते भएका छन् पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ४९० नं को बसले विपरीत दिशाबाट आइरहेको को१च ५७९ नं को एम्बुलेन्स एक आपसमा ठोकिँदा बस पल्टिएको हो इलाका प्रहरी कार्यालय भारदहका अनुसार बसमा सवार १६ यात्रु र एम्बुलेन्स चालक घाइते भएका छन् । घाइतेमध्ये १० जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र अन्य सातको भारदह अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस