जाजरकोटबाट शक्ति बस्नेत विजयी, तीन वटै क्षेत्रमा वामपन्थीको जित

जाजरकोट, २३ मंसिर । जाजरकोटमा वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभा गरी तीन वटै क्षेत्रमा जित हासिल गरेको छ प्रतिनिधिसभामा वाम गठबन्धनबाट माओवादी केन्द्रका शक्ति बस्नेत विजयी भएका छन् । बस्नेतले कांग्रेसका उम्मेदवार राजीवबिक्रम शाहलाई पराजित गरेका हुन् बस्नेतले ३२ हजार २ सय ८१ मत ल्याए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २ सय ८९ मत ल्याएर पराजित भएका छन् त्यस्तै प्रदेश (क) मा वाम गठबन्धनबाटै माओवादी केन्द्रका गणेशप्रसादसिंह विजयी भएका छन् सिंहले १६ हजार ९ सय ११ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार वेदराज सिंहले १२ हजार ८ सय ७८ मत ल्याएका छन् प्रदेश (ख) मा वाम गठबन्धनकै एमालेका करबीर शाही १५ हजार १८५ मत प्राप्त गरी विजयी भएका छन् उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३ सय ६० मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?