१३ आश्विन २०८०, शनिवार

ठगी गर्ने ब्यापारीको दरबारमार्गमा यस्तो गाईजात्रा

२०७४,भाद्र,२३,शुक्रवार ०१:२८

0
Shares

काठमाडौं, २३ भदौ – दसैंको मुखमा राजधानीका उच्चवर्गीयको प्रमुख बजार दरबारमार्गका पसल बिहीबार बन्द भए । आपूर्ति विभागले बुधबार थप पाँचवटा ब्रान्डेड स्टोरमा सिल गरेपछि विरोधमा व्यवसायीले आफ्ना पसल बन्द गरेका हुन् ।दरबारमार्ग विकास बोर्डले विरोध आह्वान गरेको थियो ।व्यवसायी श्री गुरुङका अनुसार दरबारमार्गमा दुई सयको हाराहारीमा पसल छन् । आपूर्तिमन्त्रीसहितको टोलीले सोमबार आठवटा स्टोरमा सिल गरे पनि व्यवसायी विरोधमा उत्रिएका थिएनन् । तर दोस्रोपटक सिल भएपछि विरोध भएको हो ।कालोबजारी वा न्यून बीजकीकरणमार्फत राजस्व छली भएको आशंका छ भने अनुसन्धान गर्न कुनै अवरोध नगर्ने भन्दै दरबारमार्ग विकास बोर्डका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति यसका लागि पसल सिल गर्न जरुरी नभएको बताउँछन् । ‘आवश्यक कागजपत्र नियन्त्रणमा लिइयोस्, प्रमाण पेस गर्न भनियोस्’, बिहीबार आयोजित पत्रकार सम्मेलन गरी उनले भने, ‘पसल बन्द गर्न जरुरी नै छैन ।’राजस्व छलीको आशंकामा अनुसन्धान गर्नुपरे राजस्वसम्बद्ध निकायले कागजपत्र नियन्त्रणमा लिए पनि व्यापार बन्द नगर्ने उदाहरण दिँदै आपूर्तिले पनि यही ढाँचामा छानबिन गर्नुपर्ने व्यापारीको माग छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२३,शुक्रवार ०१:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप

काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ । मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष

काठमाडौं । इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०