नेपालको कृषि संस्थालाई अमेरिकी पुरस्कार

काठमाडौँ, २२ भदौ ।अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमबाट काठमाडौँस्थित सूचना तथा सञ्चार प्रविधिमा आधारित संस्था डिबीटुम्यापले आफ्नो जिओकृषि कार्यक्रमका लागि एक लाख अमेरिकी डलर राशीको पुरस्कार प्राप्त गरेको छ ।अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले आफ्नो विश्व्यापी डाटा ड्रिभन फार्मिङ प्राइज तथ्याङ्कद्वारा निर्देशित सो कृषि पुरस्कार आज घोषणा गरिएको संयुक्त राज्य अमेरिकाका लागि नेपाली दूतावासले जनाएको छ ।कृषि उत्पादनको सुधारका लागि सूचना तथा सञ्चार प्रविधिको सदुपयोग गर्ने नवीनतम् उपाय अपनाउँदै आएका छन् । कृषकलाई बाली उत्पादन वृद्धिमा सहयोग गर्न जमिन तथा माटोको अवस्था जाँच्न सरकारी तथा क्राउड सोर्स गरिएको सूचनालाई जिओकृषि कार्यक्रमले एकीकृत गर्छ ।नेपालकै अर्को संस्था आईसिटी फर एग्रिकल्चर (कृषिका लागि सूचना तथा सञ्चार प्रविधि) ले ५० हजार अमेरिकी डलर राशिको पुरस्कार प्राप्त गरेको छ । अन्य पुरस्कार विजेतामा जर्मनीका पिईएट तथा क्यानाडाका स्पेरो एनेलिटिक्स नामक प्रविधिसम्बन्धी संस्थाहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?