समृद्धि र लोकतन्त्र संस्थागतका लागि जनतासँगै रहन्छु : कोइराला

काठमाडौं, २३ मंसिर । निर्वाचनको परिणाम पछि नेपाली काँग्रेसका सदस्य एवं मोरङ क्षेत्र नं ६ का प्रतिनिधीसभा उमेदवार डा. शेखर कोईरालाले हारजितलाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै मुलुकको समृद्धि र लोकतन्त्र संस्थागतका लागि अविचलित रुपमा जनतासँगै रहने बताएका छन् अन्तिम परिणाम आएर पराजित भएपछि नेपाल निर्माणको महाअभियानको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागि हुने र सदभाव ब्यक्त गर्नेे सम्पूर्ण मतदाताहरूलाई धन्यवाद दिएका छन् । उनले भनेका छन् –‘लामो राजनीतिक संक्रमणकाललाई अन्त्य गर्दै शान्तिप्रक्रिया सार्थक निश्कर्षमा पुर्याउने र लोकतन्त्रलाई बलियो बनाउने क्रममा हामी छौं । निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो । निर्वाचनको परिणामलाई सहज रुपमा लिनुपर्छ ।’उनले मोरंग क्षेत्र नं –६ का जनताको माया–ममता र सदभाव रहँदारहँदै पनि निर्वाचनबाट आएको परिणामलाई आफुले सहजरूपमा लिएको बताएका छन् । ‘जितहार प्राविधिक विषय हुन . लोकतन्त्रको जन्मभूमी बिराटनगरको बिरासत जोगाउन जस्तोसुकै कठिन मोडमा पनि म कटिबद्ध छ’ । चुनावी अभियानका क्रममा आफूले उठाउँदै आएका राष्ट्रिय÷अन्तर्राष्ट्रिय मुद्दाहरू पूरा गराउँन म अविचलित रुपमा यहाँहरुसँगै रहनेछु ।’मुलुकका दुरदराज लगायत मोरंगबासीको शिर कुनैपनि अवस्थामा झुक्न नदिने कोइरालाको भनाई छ । ‘मोरंगको विकास र उन्नतीमा बिगतमा जस्तै क्रियाशिल रहँदै यहाँहरुसँगै हातेमालो गरेर हिड्नेछ ।’ र, नेपाली काँग्रेसका निम्ति तपाँईहरूले दिनुभएको प्रत्येक मतको उच्च मूल्यांकन गर्दै अगाडि बढ्नेछ’ । मुलुकभरका आम कार्यकर्ताको सुख दुखमासँगै रहने प्रतिबद्धता पनि ब्यक्त गर्दछ ।’ निर्वाचनको परिणामबाट कत्तिपनि बिचलित नहुन देशभरका लोकतान्त्रिक पक्षधरहरु र शुभचिन्तकलाई आग्रह गर्दै निर्वाचन सम्पन्न गराउन सहयोग गर्नुहुने सुरक्षा निकाय, कर्मचारी, संचारकर्मी, उद्योेग÷ब्यवसायी लगायतलाई हार्दिक धन्यवाद दिन चाहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?